खेल

पेरिस ओलम्पिक: पदक तालिकामा चीनको अग्रता कायमै

पदकमा ६१ देशले नाम लेखाउँदा नेपाल शून्य

पेरिस ओलम्पिक पदक तालिकामा आठौं दिनको खेल सकिदा सम्म चीन १६ स्वर्ण पदकसहित आफ्नो वर्चस्व कायमै राख्न सफल भएको छ। चीनले १६ स्वर्ण  १२ रजत र ९ कास्य सहित ३७ पदक जितेको छ।अमेरिका १४ स्वर्ण पदकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आयोजक फ्रान्स तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा छ ।

अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कास्य सहित कुल ६१ पदक जितेको छ । त्यसैगरी आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ कास्य सहित कुल ४१ पदक जितेर तेस्रो स्थानमा रहेको छ । अस्ट्रेलिया १२ स्वर्ण, ८  रजत र ७ कास्यसहित कुल २७ पदक पाएर चौथो स्थानमा रहेको छ ।  

बेलायत १० स्वर्ण ,१० रजत र १३ कास्य सहित कुल ३३ पदकका साथ पाँचौ दक्षिण कोरिया ९ स्वर्ण , ७ रजत र ५ कास्य सहित कुल २१ पदकका छैठौं तथा जापान  ८ स्वर्ण , ५ रजत र ९ कास्य सहित कुल २२ पदक जितेर तालिकाको सातौ स्थानमा रहेको छ ।

आठौं दिनको खेल सकिदा सम्म पेरिस ओलम्पिकमा ६१ राष्ट्रले पदक तालिकामा नाम लेखाउन सफल भएका छ। ४१ राष्ट्रले स्वर्ण पदक जितेका छन् । छिमेकी मुलुक भारत ३ कास्य  पदक जितेर तालिकाको ५३औं स्थानमा रहेको छ ।  नेपालसहित केही देशले भने पदक तालिकामा नाम लेखाउन सकेका छैनन्। 

प्रकाशित: २० श्रावण २०८१ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App