खेल

पेरिस ओलम्पिकमा समूह चरणबाटै बाहिरिए प्रिन्स दाहाल

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन्। समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए। १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए।

यसैगरी २० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए। समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि समान २–० सेटको हार ब्यहोरेका थिए।

यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी  सात जना खेलाडीमध्ये छ जना खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका छन्। अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ। 

प्रकाशित: १६ श्रावण २०८१ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App