खेल

यु-२० को बन्द प्रशिक्षण सुरु

फाइल तस्वीर

नेपालले घरेलु मैदानमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षण सुरु गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय यु–२० टोलीले बन्द प्रशिक्षण सुरु गरेको हो। प्रशिक्षणमा ४० खेलाडी रहेका छन्। एन्फाले उर्जन श्रेष्ठलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

यस्तै, शशिन्द्र धिमाल र राजु सिंहले सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्।

प्रतियोगिता अगस्ट १८ देखि २८ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदै छ। यस पटक प्रतियोगितामा ६ टोलीले मात्रै सहभागिता जनाउने दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले जनाएको छ।

पछिल्लोपल्ट साफ यु–१९ खेल्दा प्रशिक्षक र खेलाडीलाई तलब नदिएको भन्दै विवाद बढेपछि पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाउने भएको हो। गत संस्करण दशरथ रंगशालामै साफ यु–१९ च्याम्पियनसिप आयोजना भएको थियो। उक्त प्रतियोगिताको फाइनलमा भारतसँग पाकिस्तान ३–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो।

साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलंकासँग भिड्नेछन्। यो खेल अगस्ट १८ मा हुने छ। नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश छ।  

प्रकाशित: ३१ असार २०८१ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App