समाज

वुहानमा ७६ औं दिनमा लकडाउन फुकुवा, नेपालमा अझै अन्योल

कोरोना भाइरस उद्गमस्थल चीनको सहर वुहानमा ७६औं दिनमा लकडाउन फुकुवा गरिएको थियो । २३ जनवरीदेखि जारी लकडाउन अप्रिल ७ मा फुकुवा गरिएपछि सो सहरका १ करोड १० लाख मानिसले खुला वातावरणमा हावा लिन पाएका थिए । लकडाउन खुला गरिएको दिन सो सहरमा बस तथा रेलका टर्मिनल, गगनचुम्बी घरहरूमा विशेष किसिमको प्रकाशले जाज्वल्यमान बनाइएको थियो भने विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो ।  

संयोग के छ भने कोरोना भाइरस नियन्त्रण गर्ने भनेर नेपालमा गरिएको राष्ट्रव्यापी लकडाउनको आइतबार ७६औं दिन हो र यो बन्दाबन्दी जेठ ३२ सम्म जारी रहेकाले कुल लकडाउनको अवधि ८२ दिनको हुनेछ । सरकारले जेठ ३२ पछि चरणबद्ध रुपमा लकडाउन खुकुलो पार्ने बताए पनि लकडाउनबाट बाहिरिने वैज्ञानिक र बुद्धिमत्तापूर्ण रणनीति बनाउन भने सकेको छैन ।  

कोरोनाबाट हुवेई प्रदेशको वुहानमा कुल ३ हजार ८ सय ६९ जनाले ज्यान गुमाएका थिए भने ५० हजार ३ सय ३३ जना संक्रमित भएका थिए । चीन सरकारले कोरोना भाइरसका बिरामीको उपचारका लागि वुहानमा १ हजार शड्ढयाको अस्पताल केही दिनमै बनाएको थियो ।

नेपालमा कोरोना भाइरसको पहिलो केस २३ जनवरीमा पत्ता लागेको थियो । आइतबारसम्म नेपालमा कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा पनि लकडाउनलाई  खुकुलो नपारी सुखै छैन । जनस्वास्थ्यविद् समीर दीक्षित भन्छन्, ‘अबको प्राथमिकता परीक्षणको दायरा बढाउने हो र जोखिममा रहेका वर्गका लागि सुरक्षा गर्ने हो । भारतसँग सीमा जोडिएका जिल्ला र संक्रमण रहेकाबाहेक अन्य जिल्लामा लकडाउन तत्काल खोल्न आवश्यक छ । लामो समयसम्मको लकडाउन नेपालले थेग्न सक्दैन ।’  

 

प्रकाशित: २६ जेष्ठ २०७७ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App