समाज

सर्वसाधरण भन्छन् : ‘बिहान फैलिने कोरोना संक्रमण दिउँसमा फैलिदैन’

गुलरिया बजारमा लकडाउन उल्लंघन । तस्बिर सौजन्य : प्रशान्त टण्डन

गुलरिया नगरपालिका–७ मा बस्ने ८० वर्षिय बृद्ध रामशंकर यादब दिनभरी घरमै कुजिएर बस्दा खुट्टा सुनिन्छ । औषधि खाईरहेका उनलाई बिहान हिँडडुल गर्न डाक्टरले सुझाएको छ । मास्क र सेनिटाइजर लगाएर खुट्टा तन्काउँन टोल वरीपरी घुम्दा माथिको निर्देशन भन्दै प्रहरीले घरै फर्काउने गरेको उनले बताए । हिँडडुल नगरे खुट्टा सुनिने भएपनि कुजिएर घर बस्न परेको उनको दुखेसो छ ।

‘डाक्टरले हिड्न भनेको छ प्रहरीले दिदैन के गर्ने ?’आश्चर्य व्यक्त गर्दे उनी भन्छन ,‘दिनभरी बजार भरि हुने भिँड कोरोना संक्रमण फैलिदैन क्या हो ।’ भिँड व्यबस्थापन नहुदा कोरोना फैलियो भने कसले जिम्मा लिन्छन त ?’उनले प्रतिप्रश्न गरे । बिहान हिड्न अबरोध हुने भएपनि दिउँसमा भने जे जस्तरी हिँडेपनि रोक टोक कसैको नहुने स्थानीयको आरोप छ ।

कोरोना संक्रमणको त्रास 
पछिल्लो पटक बसेको सुरक्षा समितिले बिहान ११ बजे देखि २ बजे सम्म किनमेल गर्न छुट दिएको छ ।किनमेलमा निस्कने सर्वसाधरण घुईचो लागेर समान किनेर फर्कने पर्ने बाध्यता छ ।

सदरमुकाम गुलरिया,राजापुर,लालीबजार,बासगढी,मगरागाढी दूई चार वटा पसल खुल्छ । त्यहा सामाजिक दुरी र मास्क लगाएर उपस्थित हुन पर्ने हुन्छ । तर, कोरोन संत्रमण फैलिन नदिन न्यूनतम सर्त पनि पालना हुने गरेको छैन । एकाधिकार जमाएका ठूला व्यापारीले व्यबसाय गर्ने हुनाले अनुगमन नहुँदा कालोबजारी बढेको छ । अधिकांश पसलमा अत्याआश्वक खाद्यान्न ल्याउँन नपाउँदा सर्बाधरण ठगिएको गुनासो आईरहेको छ ।

ठूला व्यापारीको मनपर्दी
पहुँचको भरमा ठूला व्यबसायीले अन्य जिल्लाबाट सामान प्रशस्त ल्याएपनि खुद्रा व्यबसायी अत्यावश्यक खाद्यान्न समेत अभाव छ । स–साना व्यापारीले लकडाउन अबधि भरमा बाहिर ल्याएका छैनन,थो व्यापारीले आफै समान बेच्छन् । अत्याआवश्यक सामान भन्दै तिनैले बेच्छन,साना व्यापारी बन्दा बन्दीमा परेका छन् । अभाव विच एकाधिकार जमाईरहका होलसेल व्यापारी मनपर्दी गरिरहेदा नियमकारी निकाय मौन छ । उता,भिँड हुदा समानको बिल पनि नदिने गरेकोे ग्राहक गुनासो गर्छन ।‘भिँड हुन्छ पसलले बिलपनि दिदैन,केहि भने समान नपाउँने चिन्ता हुन्छ,’उनले भन,‘हाम्रा दुख हेरिदिने कोहि छैनन जस्तो लाग्छ ।’  

सर्बसाधरणलाई लकडाउनको मर्का
दैनिक जसो सुरक्षा समितिले कोठा भित्र बसेर गरेको निर्णय बारे सर्वसाधरण माझ अनभिज्ञ हुन्छन् । सुरक्षा समितिको निर्णय अनुसार प्रहरी परिचालन हुने हुदा आम सर्बसाधरण लकडाउनमा सास्ती व्योहर्न बाध्य छन् । ‘सुरक्षा समितिले के के निर्णय गर्छ,हामीलाई त थाहा हुदैन’एक जना जनप्रतिनिधिले भने,‘हाम्रो कुरा प्रहरी र प्रशासनमा सुनाईहुदैन के गर्ने ?’ सर्बसाधरण मर्कामा पर्ने बिषयको निर्णयलाई सर्वसाधरण समक्ष पुग्ने गरी आम संचारमा ल्याउँन जरुरी रहेको उनले औल्याए ।

यसअघि बिहान र सातामा तीन दिन मात्र बजार खुल्ने निर्णय गरेको थियो । त्यसबेला हाट बजार लागे जस्तो हुन थालेपछि स्थानीय प्रशासन बिरुद्धमा सामाजिक संजालमा बिरोध भयो । प्रशासनले निर्णय संचाएर बिहान ११ बजे देखि २ बजे बजार खुल्न दिएको छ । अन्तर जिल्लाबाट आउँने सामान केल्याउँन पाउँन के ल्याउँन नपाउँने सधै जसो निर्णय हुने गरेको छ ।

तर, सर्बसाधरण त्यस्ता निर्णयको जानकारी नपाउँदा सास्ती खेप्नु परेको उनी बताउँछन् । पसलले नेपाल भित्रबाट किनर ल्याएको नष्ट गरिदिँदा व्यबसायी मर्कामा परेका छन् । बिभेद गरेर कसैको नेपालबाट ल्याएको दुईचार पेटि फलफुल नष्ट गर्ने भारतबाट ल्याएका आलुको ट्रक फिर्ता पाठउँने निर्णयले प्रशासनले बिभेद गरेको पाईएको उनले सुनाए ।

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:४८ सोमबार

कोभिड १९ कोरोनाभाइरस लकडाउन