रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।
लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा भने २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको छ।
उनका व्यापारिक साझेदार पूर्वडीआईजी छविलाल जोशीसँग भने ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
कास्की जिल्ला अदालतमा आइतबार दर्ता भएको मुद्दामा सरकारी वकिलको कार्यालयले उनीहरुसँग उक्त रकम मागदाबी गरेको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री रविविरुद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको छ ।
प्रकाशित: ७ पुस २०८१ १४:१७ आइतबार