समाज

विपतमा आ–आफ्नो दायित्व पूरा गर्न बालेनको आह्वान

विपद व्यवस्थापनमा महानगर क्षेत्रमा १७ टोली परिचालन

काठमाडौं महानगरमा विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ टोली परिचालन गरिएको मेयर बालेन्द्र साहले जनाएका छन् । मेयर साहले सामाजिक सञ्जालमार्फत नगर प्रहरीका १७ टोली परिचालन गरेको जनाएका हुन् ।

‘निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना  परिचालन गरिएको छ,’ मेयर साहले लेखेका छन्, ‘टोलीहरू डुबान भएका बस्ती,  नदी किनार, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् ।’ 

मेयर साहले वंशी घाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडीबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेश स्थानलगायत स्थानको समस्या समाधान भइरहेको उल्लेख गरेका छन् । ‘स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौँ,’ मेयर साहले अगाडि लेखेका छन् । 

यस्ता विपद्मा आफू र परिवारलाई बचाउनु तथा आतपमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व रहेको उनले लेखेका छन् । यस्तै आवश्यक सतर्कता अपनाएर विपद् सामना गर्न पूर्व तयारी गर्न पनि उनले आह्वान गरेका छन् । 

यस्तै जलजन्य विपद् (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए  काठमाडौँ महानगरपालिकाका हटलाइन १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी दिन उनले मेयर साहले उल्लेख गरेका छन् । यस्तै आपत्कालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न पनि आह्वान गरेका छन् । 

प्रकाशित: १२ आश्विन २०८१ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App