समाज

काठमाडौंका यी स्थानमा ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंको नक्साल सहायक वितरण केन्द्रको ओम फिडरअन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखी एस.आर.क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घन्टा विद्युत अवरूद्ध हुने बताएको छ।

ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणको भनाइ छ।

निर्धारित समयअगाडि काम सकिए अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।  

प्रकाशित: २२ भाद्र २०८१ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App