समाज

रक्तदानमै विभेद

यस्ताे पनि!

पार्किन्सन्स रोगबाट सताइएकी आमालाई रगतको खाँचो परेपछि भारत हैदरावादकी विजयन्ती वसन्ता मोगली ले आफ्नै रगत लिइदिन चिकित्सकसँग आग्रह गरिन्। तर, भारतको कानुनले उनलाई यो अनुमति दिएन। कारण, उनी यौनिक तथा लैगिंक अल्पसंख्यक थिइन्। ‘यो जीवनकै सबैभन्दा पीडादायी क्षण थियो, मैले आफ्नै आमालाई रगत दिन पाइन’, सन् २०१७ मा मृत्यु भएकी आमा सम्झदैं मोगलीले भनिन्, ‘धेरै ठाउँ हारगुहार गर्नुप¥यो, दुःखको त कुरै नगर्नोस्।’

एचआईभी र एड्स रोकथामका लागि विश्वका धेरै देशले सन् १९८० ताका नै यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई रक्तदानमा रोक लगाएका थिए। यो समुदायको यौनिक झुकाव असुरक्षित हुने नीति निमार्ताहरूको ठहर थियो। तर, पछिल्लो समय अमेरिका, बेलायत, इजरायल, ब्राजिलजस्ता देशमा यो नीतिमा अलि खुकुलो गरिएको छ।

भारतमा अहिले यो नियमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। यौनिक झुकावकै आधारमा यो समुदायलाई रक्तदानबाट बञ्चित गरिनुले संविधानको समानता र मौलिक अधिकारजस्ता हकको हनन् भएको निवेदन अभियन्ता शरीफ रागनेरकरको तर्क छ।

 भारत सरकारले भने विकसित देशहरू रगत जाँचका लागि प्रयोग हुने अत्याधुनिक प्रविधि न्युक्लिक एसिड धेरै ठाउँमा अझैं नभएको भन्दै तत्कालका लागि यो समुदायलाई रक्तदान गर्न दिनु जोखिमपूर्ण हुने बताउँदै आएको छ। ‘सामान्य जाँचको परिणाम एकै दिनमा आउँछ तर यस्ता जाँचका लागि हप्तादिनसम्म लाग्न सक्छ, त्यसैले जोखिम नलिनु उपयुक्त हुन्छ’, सरकारी स्रोतले भनेको छ।

सर्वोच्च अदालतले रिट निवेदनबारे कहिले कस्तो फैसला गर्छ त्यो हेर्न बाँकी नै छ। तर, यो अल्पसंख्यक समुदाय भने आशावादी नजरले हेरिरहेका छन्। किनभने, भारतमा प्रत्येक दुई सेकेन्डमा कम्तिमा एकजनालाई रगत दिइनुपर्छ।

 –बीबीसी हिन्दी

प्रकाशित: २८ श्रावण २०८१ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App