राजनीति

नेपाल एसपीपीमा संलग्न छैन र हुने सोच पनि छैनः प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री खाँण

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार आफनो मन्त्रालयको बजेटमाथिको छलफलमा समेत अनुपस्थित भएपछि उनका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)मा नेपाल संलग्न नभएको र नरहने स्पष्ट पारेका छन्।  

‘नेपाल एसपीपीमा संलग्न छैन, संलग्न हुने सोच पनि छैन। यो कुनैपनि सैन्य गठबन्धनको हिस्सेदार हुनसक्दैन। बन्न सक्दैन’, उनले सांसदहरुको प्रश्नको जवाफ दिदै  भने। प्रधानमन्त्री देउवा कार्य व्यस्तता देखाएर संसदमा अनुपस्थित भएपछि गृहमन्त्री खाँणले रक्षा मन्त्रालय माथि उठेका प्रश्नहरुको जवाफ दिएका हुन्।  

बिहीबार रक्षा मन्त्रालय बजेट माथिको छलफलमा प्राय सबै सांसदहरुले एसपीपीबारे प्रश्न उठाएका थिए। उनीहरले अमेरिकी दूतावासका पदाधिकारी, नेपाली सैनाको वक्तव्यले शंका उत्पन्न गरेको र वास्तबिकता स्पष्ट पार्न भनेका थिए।  

खाँणले नेपाल संयुक्त राष्ट्र संघ सदस्य राष्ट्र भएकाले पनि यस्ता कार्यक्रममा संलग्न हुन नहुने तर्क राखेका छन्।  ‘हामी संलग्नतै हुन चाहदैनौं। सरकारको प्रतिवद्धता महत्वपूर्ण कुरा हो’, उनले भने। मन्त्री खाणले प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति अहिलेसम्म टुङगो नलागेको बताएका छन्। टुङगो लागेपछि संसदमा जानकारी गराइने बताए।  

प्रकाशित: २ असार २०७९ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App