राजनीति

'हिंसा' शब्दबारे माओवादीले संसद्‍मा प्रतिवाद गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जनयुद्धको पदनाम गर्ने प्रयास भइरहेको भन्दै संसद्‍मा प्रतिवाद गर्ने भएको छ।  

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जनयुद्धलाई ुहिंसाु भनेपछि एमाले माओवादीबीच प्रतिनिधि सभाका पछिल्ला केही बैठकमा विवाद हुँदै आएको छ। सभामुख देवराज घिमिरेले समेत हिंसा शब्द संसदको रेकर्डबाट हटाउनु नपर्ने निष्कर्ष सुनाएका थिए।

शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सभामुखबाटै ‘हिंसा’ शब्दलाई संसदीय शब्द करार गरिनु दुःखद् भएको बताए।

माओवादी जनयुद्धको बद्नाम गर्ने प्रयास सुरु भएको चर्चा गर्दै उनले सशक्त प्रतिवाद गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिए। संसदमा एमालेविरुद्ध सशक्त प्रतिवादमा उत्रिन सांसदहरुलाई उनको आग्रह थियो।

प्रकाशित: २८ भाद्र २०८१ १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App