राजनीति

दाहालले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयोः सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताएका छन्।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गरे।

उनले अध्यक्ष दाहालको आक्रोश कांग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको बताए। उनले विगतमा दाहाल नेतृत्वको सरकारका कामहरु पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रस्तुत हुन नसकेको बताए।

सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालीन प्रतिपक्ष दललाई नै दिइएकाले विगतमा पनि सत्ता पक्षमा पुगेपछि प्रतिपक्षलाई नदिइएका धेरै उदाहरणहरु रहेको उनले बताए। उनले लेखा समितिको बारेमा पनि अध्यक्ष दाहाल जिम्मेवारीका साथ नबोलेको बताए।

उनले भने, ‘छोटो समयमा उहाँले केही कुरा राख्नुभएको छ। आक्रोशपूर्ण अभिव्यक्ति छ। विशेष गरी कांग्रेस र एमालेप्रति छ। उहाँ गठबन्धनमा हुँदा पनि उहाँले गरेको देखिएको थियो। डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा बढी केन्द्रित हुनुभयो। लेखा समितिबारे पनि अलि जिम्मेवारीका साथ प्रश्तुत नभएको उहाँको कुरा देखिन्थ्यो। सत्ताबाट जानुभएको छ, आक्रोश छ। सार्वजनिक लेखा समिति आफू अनुकुल उठाउनुभएको हो। पहिला पनि यस्तो भएको छ तर प्रतिपक्षले पाउनुपर्ने कुरा नै हो। विगतमा उहाँहरु सत्तामा हुँदा नदिइएको कुरा पनि सत्य हो।’

प्रकाशित: ११ भाद्र २०८१ १७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App