राजनीति

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी,तीन जना मन्त्रीहरु उपस्थित

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी रहेको छ । बैठकमा  तीन जना मन्त्रीहरु उपस्थित भएका छन् ।

बुधबारको  समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित भएका छन ।

साथै बैठकमा नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रहरी महानिरक्षक राजु अर्याल, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति रहेको छ । बैठक अहिले सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी विषयमा छलफल भइरहेको छ ।  

प्रकाशित: १६ श्रावण २०८१ १४:३५ बुधबार

#State Order and Good Governance Committee #ramesh lekhak #manbir rai #Raj kumar Gupta