राजनीति

बंगलादेशमा रहेका नेपालीको जिउधनको सुरक्षा गर्न सरकारसँग कांग्रेसको आग्रह

बंगलादेशबाट आइतबार काठमाडौं आइपुगेका नेपाली विद्यार्थीहरू ।

नेपाली कांग्रेसले बंगलादेशमा जारी आन्दोलनका कारण अप्ठेरोमा परेका नेपाली नागरिकको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ।  

कांग्रेस संसदीय दलको आइतबार बसेका संसदीय दलको बैठकले नेपाल आउन चाहाने सबै नेपाली नागरिकलाई स्वदेश फिर्तिको सहज वातावरण बनाउन आग्रह गरेको हो।

आन्दोलनबाट नेपाली विद्यार्थी र विभिन्न प्रयोजनका लागि बंगलादेशमा बस्दै आएका नेपाली नागरिक प्रभावित भएको र स्वदेश फिर्तिमा समस्या भइरहेको विश्लेषण कांग्रेसको छ।  

कांग्रेस बैठकले भनेको छ, 'बंगलादेशमा अध्ययनरत विद्यार्थी लगायत अन्य नेपाली नागरिकहरुको सुरक्षा एवं इच्छुकहरुलाई स्वेदश फिर्तिको सहज वातावरण निर्माण गरिदिन आग्रह छ।'  

यो पनि पढ्नुहोस्

बङ्गलादेशबाट ५६ जना विद्यार्थी काठमाडौं आइपुगे

 

बङ्गलादेशमा आन्दोलन चर्किदै गएपछि त्यहाँ रहेका झन्डै ३ हजार नेपाली सुरक्षितसाथ नेपाल फर्किने क्रम सुरु भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ८ सयभन्दा बढी विद्यार्थी नेपालका लागि रवाना भएका छन्। तीमध्ये केही हवाईमार्ग र केही स्थल मार्ग हुँदै नेपाल आउँदै छन्। अन्य पनि आफूलाई पायक पर्नेगरी नेपाल फर्किरहेका छन्।

प्रकाशित: ६ श्रावण २०८१ १४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App