राजनीति

सरकारलाई माओवादी केन्द्रकी सांसद बेल्बासेको दबाव : दूध किसानको भुक्तानी छिटो दिइयोस्

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रका राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले दूध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन् ।

दुग्ध संस्थानले उनीहरूको भुक्तानी नदिएको गुनासोसहित किसानहरूले फेरि काठमाडौंमा सरकारविरुद्ध अभियान संचालन गर्ने तयारी गरिरहेका बेला सांसद बेल्बासेले सो कुरा बताएकी हुन । 

सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले दूध किसानका जायज मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने बताइन । सांसद बेल्बासेले दुग्ध विकास संस्थालगायतका संस्थाहरूलाई चुस्त दुरुस्त बनाउन पनि सरकारलाई सचेत गराइन ।

सांसद बेल्बासले सरकारी संस्थानहरूमा सुधार नभएका कारणले जनताले दुःख पाउने गरेकाले त्यसको सुधारमा सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरिन ।

प्रकाशित: २८ जेष्ठ २०८१ १७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App