राजनीति

चार वटा संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौती का सम्बन्धमा  छलफल हुनेछ।

त्यस्तै बिहान साढे १० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा हालसम्मको बेरुजु, बेरुजु फछ्र्यौटको अवस्था, समस्या र समाधान लगायतका विषयमा अर्थ मन्त्रालय र कुमारी चोक त्था केन्द्रिय तहसिल कायाृलयसँग छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: २८ जेष्ठ २०८१ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App