राजनीति

ढाका कुमारकाे अडियाे प्रकरणबारे निर्णय लिन रास्वपाकाे बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ। सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीचको अडियो प्रकरणमा निर्णय लिन बैठक बस्न लागेको हो।  

श्रेष्ठले प्रसाईसँग दुई करोड घुस मागेको अडियाेबारे केन्द्रीय अनुशासन तथा आचरण समितिले प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएको छ । सोही आज निर्णय हुने छ।  

सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए। स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ।

पार्टी सभापति रवि लामिछानेले ७२ घन्टाभित्र आवश्यक कदम उठाउँछौं भनेर खुला रूपमा भनिसकेको छन्। उनले दिएको ७२ घन्टाको समय आज सकिँदै छ। त्यसैले आज श्रेष्ठको अडियो प्रकरणबारे ठोस निर्णय हुने बताइएकाे छ।

प्रकाशित: २९ चैत्र २०७९ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App