अन्य

त्रिवि सभा सिंहदबारमा बस्दा सदस्यहरूको असन्तुष्टि, रास्वपाले भन्यो- मन्त्रिपरिषद् जसरी चलाउन खोजियो

त्रिभुवन विश्वविद्यालयको सभा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका त्रिविका कुलपति केपी शर्मा ओलीले त्रिवि सभा सिंहदरबारमा राखेपछि त्यसको विरोध भएको छ ।

सभा सदस्य श्यामराज ओझाले भनेका छन्, 'प्रधानमन्त्री तथा कुलपतिज्यूले त्रिभुवन विश्वविद्यालय सभा र बैठक सिंहदरबारमा डाक्नुले लज्जित तुल्याएको छ । विश्वविद्यालयका पदाधिकारीले उक्त प्रस्ताव स्वीकार्नुमा झन् लम्पसारवाद छ ।'

यसैबीच यसको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विरोध गरेको छ । रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भनेका छन्, 'प्रधानमन्त्रीको यो गतिविधि शिक्षा क्षेत्रमा चरम राजनीतिकरणलाई प्रश्रय दिनु होइन र ?'

उनले थपेका छन्, 'यस अघिका बैठकमा शिक्षा क्षेत्रको शुभेच्छुक (त्रिवि सभा सदस्यहरू)ले त्रिवि सुधारका लागि प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन खोज्दा र प्रश्न गर्दा प्रधानमन्त्रीले आफू अनुकूलको स्थानमा त्रिवि सभा बैठक राख्नुले त्रिवि सभालाई मन्त्रिपरिषद् बैठक जसरी कुलपति प्रणालीमा चलाउन खोजेको देखिन्छ, जुन पुरापुर खेदजनक छ ।'

यसअघि गत मंसिर २७ गते त्रिविमा सभा बसेको थियो । उक्त सभामा कुलपति ओलीले ७ पुसभित्र त्रिविमा डिन नियुक्ति गर्न निर्देशन दिएका थिए । डिन नियुक्ति भएपछि आइतबार सभा बसेको हो ।

प्रकाशित: ७ पुस २०८१ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App