अन्तर्राष्ट्रिय

तमिलनाडुमा पटाका कारखानामा विस्फोट : ६ जनाको मृत्यु, धेरै घाइते

तमिलनाडुको विरुधुनगरमा रहेको पटाका कारखानामा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा धेरै मानिस घाइते भएका छन्। विरुधुनगर जिल्लाको सत्तुर क्षेत्रमा रहेको पटाका कारखानामा विष्फोट भएको हो।

मृत्यु हुनेमा कारखानाका ६ जना कर्मचारी रहेका छन्। मिडिया रिपोर्टका अनुसार फ्याक्ट्रीमा चारवटा कोठा थिए, जुन विस्फोटपछि भत्किएको थियो। जानकारी पाएलगत्तै दमकल घटनास्थलमा पुगेर केही घाइतेलाई अस्पताल भर्ना गरेको थियो।

दुर्घटनाको कारण खुल्न नसकेको तर सर्ट सर्किटका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

तमिलनाडुको विरुधुनगर जिल्लामा धेरै पटाका कारखानाहरू छन् र यहाँ धेरै दुर्घटनाहरू भएका छन्। गत वर्ष दुर्घटनापछि मुख्यमन्त्री एमके स्टालिनले पटाखा कारखानामा सुरक्षा नियमको छानबिन गर्न निर्देशन दिएका थिए। तर, यति हुँदाहुँदै पनि दुर्घटना रोकिएका छैनन्।

तेलंगानामा पनि पटाका कारखानामा विष्फोट

तेलंगानाको यादद्री–भुवनगिरी जिल्लामा रहेको एक कारखानामा शनिबार भएको विष्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको र अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार विस्फोटक पदार्थ बनाउने कारखानामा विष्फोट भएको थियो। एजेन्सी

प्रकाशित: २० पुस २०८१ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App