अन्तर्राष्ट्रिय

भारतमा पाँचौं चरणको लोकसभा निर्वाचन आज, यी दिग्गज छन् मैदानमा

भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत पाँचौ चरणको मतदान भइरहेको छ। भारतीय चुनाव आयोगका अनुसार निर्वाचन अन्तर्गत बिहान ७ बजेबाट मतदात सुरु भइसकेको छ। साँझ ६ बजेसम्म मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ।

पाँचौ चरणको निर्वाचनमा ६ राज्य र २ केनद्र शासित प्रदेशका ४९ लोकसभा सिटका लागि ६९५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

पाँचौं चरणको लोकसभा निर्वाचनमा कांग्रेस नेता राहुल गानधी, वर्तमान सरकारका रक्षा मन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, केन्द्रीय मन्त्री पीयुष गोयल, चिराग पासवान, जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला लगायतका दिग्गज नेता चुनावी मैदानमा छन्।

बिहार, झारखन्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बङ्गाल, जम्मू कश्मीर र लद्दाखमा आज निर्वाचन भइरहेको छ।

प्रकाशित: ७ जेष्ठ २०८१ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App