स्वास्थ्य

९३ लाख बढी डोज खोप भण्डारणमा

सोमबार कोभिड–१९ विरुद्धको ३० लाख ७२ हजार ३ सय ७७ डोन खोप नेपाल आइपुगेको छ। भारत र चीनबाट उक्त खोप आएको हो। चीनबाट भेरोसेलको १२ लाख १ हजार ८ सय ७७ डोज र भारतबाट १८ लाख ७० हजार ५ सय डोज कोभिडशिल्ड खोप आइपुगेको हो।

प्राप्त खोपमध्येमा चीनबाट दोस्रो खरिद प्रक्रिया अन्तर्गतको खोप हो भने भारतबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत खोप आएको हो।

अन्तर्राष्ट्रिय विमानास्थलमा मौसम खराबीको कारण जहाज अवतरण हुन नसकेपछि सोमबार खोप लिएर आएको चीनको जहाज फिर्ता गइ राति पुनः खोप लिएर आएको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। सोमबार प्राप्त खोपसहित नेपालमा हालसम्म ३ करोड ८५ लाख ३९ हजार ३ सय ५७ डोज खोप प्राप्त भएको छ। गत वर्षदेखि हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन्।

केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको आपूर्ति महाशाखा खोप भण्डारण शाखाका प्रमुख सुरेश चौरासियाले बताए। हालसम्म १ करोड २० लाख ९३ हजार ९ सय ८२ जनाले एक मात्रा खोप लिएका छन् भने ९६ लाख ४६ हजार ७ सय २० जनाले दुवै मात्रा खोप लिइसकेका छन्। खोप अभियान सुरु भएदेखि २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनाले पूर्ण मात्रा खोप लिए।

प्रकाशित: ६ पुस २०७८ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App