स्वास्थ्य

कपिलवस्तुमा हैजाबिरुद्ध खोप अभियान

कपिलवस्तुमा हैजा बिरुद्धको खोप अभियान आइतबार सुरु भएको छ। स्वास्थ्य कार्यालयले यशोधरा गाउँपालिकाको अस्पतालमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या मन्त्री ईन्द्रजित चौधरीले ब्यानर पढेर खोप कार्यक्रमको उद्घाटन गरे। लगत्तै यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयलाई हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन ख्वाएर खोपको सुरु गरिएको हो।

खोप केही वडाध्यक्ष र सर्वसाधारण समेतलाई स्वास्थयकर्मीले खुवाएका थिए। यशोधरा गाउँपालिकामा आइतबारदेखि मंसिर १० गतेसम्म खोप अभियान सचालन हुनेछ।

कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन गरिने भएको हो। जिल्लाका हैजा प्रभावित ५ पालिकामा हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन लगाइने भएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख हेमराज पाण्डेयले हैजाबाट सुरक्षित हुन र सम्भावित मृत्युलाई रोक्न जिल्लाको यशोधरा गाउँपालिकाबाट भ्याक्सिन लगाउने कार्यको थालनी गरिएको हो। यशोधरा गाउँपालिकालाई ३७ हजार ७८३ जनालाई खोप लगाइने छ।

प्रकाशित: ५ मंसिर २०७८ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App