निर्वाचन विवरण

नवलपरासी (प) रुकुम(पु) बर्दिया बाँके रोल्पा दाङ कपिलवस्तु रुपन्देही पाल्पा अर्घाखाँची प्यूठान गुल्मी डोल्पा जुम्ला मुगु हुम्ला रुकुम(प) जाजरकोट कालिकोट दैलेख सल्यान सुर्खेत मुस्ताङ मनाङ म्याग्दी कास्की लमजुङ वाग्लुङ पर्वत स्याङजा तनहुँ नवलपरासी(पु) गोरखा काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक धादिङ नुवाकोट रसुवा चितवन मकवानपुर सिन्धुली रामेछाप दोलखा का कैलाली कञ्चनपुर डोटी अछाम डडेलधुरा बाजुरा बैतडी दार्चुला बझाङ पर्सा बारा सप्तरी रौतहट सिरहा महोत्तरी धनुषा सर्लाही सुनसरी उदयपुर मोरङ झापा ओखलढुंगा इलाम धनकुटा खोटाङ भोजपुर तेह्रथुम ताप्लेजुङ संखुवासभा पाँचथर सोलुखुम्बु

प्रदेशअनुसार परिणाम

कोशी प्रदेश

पार्टी विजयी अगाडि

मधेश प्रदेश

पार्टी विजयी अगाडि

बागमती प्रदेश

पार्टी विजयी अगाडि

गण्डकी प्रदेश

पार्टी विजयी अगाडि

लुम्बिनी प्रदेश

पार्टी विजयी अगाडि

कर्णाली प्रदेश

पार्टी विजयी अगाडि

सुदूरपश्चिम प्रदेश

पार्टी विजयी अगाडि
समाचार

नेपालमा विदेशी पर्यटकः १६ दिन बस्छन, दैनिक खर्च ३३ डलर

आर्थिक सर्वेक्षण अनुसार सन् २०२४ मा प्रति पर्यटकको नेपालमा औसत बसाई अवधि १३.३० दिन रहेकोमा सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ। बसाई अवधि बढेपनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् २०२४ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा घटेर ३३.०८ अमेरिकी डलर रहेको छ।

पोखरा–दुबई उडानमा फ्लाई दुबईको चाँसो

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन भईरहेको छ। फ्लाई दुबईले पोखरा–दुबई उडानका लागि चाँसो देखाएको हो। त्यसका लागि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको अवलोकन पनि गरिसकेको छ।

पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान रोकिए

पोखराबाट नेपालगञ्ज र भरतपुरका लागि बुद्ध एयरले वर्षाैदेखि गर्दै आएको हवाई उडान रोकिएको छ। यात्रु संख्या कम भएपछि दुवै गन्तव्यका नियमित उडान रोकेको एयरलाइन्सले बताएको छ। हवाइ इन्धनको मुल्य वृद्धि भएसँगै हवाई भाडा बढेपछि यात्रु कम भएको एयरलाइन्सले बताएको छ।

फेवातालमा विपत् उद्धार अभ्यास

हावाहुरीको बेला कहिले छालको तनाव त कहिले डुंगा दुर्घटना, बेलाबेला पौडी खेल्न गएका व्यक्तिले डुबेर ज्यानै फाल्ने। बुधबार पनि तालमा पौडिने क्रममा डुबेर एकजना युवकको ज्यानै गएको थियो। फेवातालमा बेलाबेला यस्तै खालका विपतका घटना हुने गरेका छन्। नियमित जसो तालमा विपतका घटना हुन थालेपछि विहीबार तालमा विपत उद्धार सम्बन्धि अभ्यास नै गरिएको छ।

फेवातालमा डुबेर युवकको मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

पोखरा महानगर भन्छ: शनिबारभित्रै फिर्केखोलाको खोलाघरभित्रका संरचना हटाउ

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमाना) भित्र बनेका सम्पूर्ण स्थायी र अस्थायी संरचना आगामि तीनदिनभित्र हटाउन निर्देशन दिएको छ। जेठ ९ गतेभित्र ती संरचना आफैले नहटाए महानगरले हटाइदिने र हटाउँदा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने पनि महानगरले बताएको छ।

अमरसिंह माविका अस्थायी टहरा हटाइयो

अमरसिंह नमूना माविको खेलमैदानमा बनेका अस्थायी व्यावसायिक टहरा हटाइएको छ। पोखरा महानगरपालिका– १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानको अग्रभागमा अस्थायी टहरा बनाएर लामो समयदेखि त्यहाँ व्यावसाय संचालन गरिएको थियो।

पोखरा महानगरलाई चिनियाँ स्वास्थ्य उपकरण र एम्बुलेन्स

चीनको जिजाङ प्रान्तस्थित लिञ्जीले उपहार उपहारस्वरुप प्रदान गरेका स्वास्थ्य सामाग्री पोखरा आएका छन्। लिञ्जीले करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री र एम्बुलेन्स उपहारस्वरुप पोखरालाई दिएको थियो। साढे ३ वर्ष अघि ती सामान पोखराले पाएको हो।