प्रविधि

मध्य र सुदूरपश्चिमको टेलिफोन सेवा अवरुद्ध

शेरबहादुर केसी, बुटवल २४ (नागरिक)- नेपाल टेलिकमको मध्य तथा सुदूर पश्चिमको मोबाइल तथा ल्यान्डलाइन सेवा बिहीबार साँझदेखि अवरुद्ध भएको छ। दाङ पश्चिमका जिल्लामा मोबाइल तथा ल्यान्डलाइनमा राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय कल आगमन-बाह्यगमन बन्द भएपछि हजारौं सेवाग्राही प्रभावित भएका छन्। अप्टिकल फाइबरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ।

बिहीबार साँझ साढे चार बजेदेखि सेवा अवरुद्ध भएको हो। लमहीदेखि चार किलोमिटर पश्चिममा अप्टिकल फाइबरमा समस्या देखिएको टेलिकम भैरहवाका प्रमखु किशोर भट्टले नागरिकन्युलाई बताए। 'समस्या समाधानका लागि तीनजना प्राविधक हिजै खटाइसकेका छौ' भट्टले भने, 'लाइन काटिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।'

माटोमुनि विछ्याइएको अप्टिकल फाइबरलाई कसैले काटिदिएको हुनसक्ने बताइएको छ।

बिहीबार रातिदेखि नै समस्या समाधान गर्न लागिपरे पनि शुक्रवार मध्यान्हसम्म टेलिफोन सुचारु हुनसकेको छैन। स्थानीय तहको नेटवर्कमा भने समस्या नरहेको भट्टले बताए। 

अप्टिकल फाइबरको माध्यमबाट टेलिकमको डाटा तथा भ्वाइस ट्रान्सफर हुनेगर्छ।  

प्रकाशित: २३ पुस २०६६ २३:४० बिहीबार