प्रविधि

नयाँ स्टाइलिस डिजाइनर फोन जियोनी एफ १०३

काठमाडौं- जियोनीले चाँडै नै नेपाली बजारमा आफ्नो नयाँ मोडेल एफ १०३ ल्याउने भएको छ। यो मोडेल आकर्षक हुनुका साथसाथै प्रयोगमा पनि उत्कृष्ट भएको भन्दै यो मोडेलद्वारा जियोनीले डिजाइनमा पनि ध्यान दिने ग्राहकवर्गलाई आकर्षित गर्ने लक्ष्य राखेको बताएको छ।


'मिरर डिजाइन' अर्थात पोलिस गरिएको सिसाको फिनिस रहेको पछाडिकभर रहेको यस फोनमा सिल्भर मेटल कोटिङ फ्रेम पनि छ।यसले गर्दा फोन अति नै आकर्षक देखिन्छ। फोनको डायमन्ड आकारले फोनलाई सजिलै समात्न सकिने भन्दै एफ १०३को नयाँ डुअल–सिम (४ जी±४ जी) मोडेलमा ५ इन्चको एचडिआइपिएस(१२८० गुणा ७२०) डिस्प्ले रहेको जनाएको छ।

कम्पनीका अनुसार एफ १०३ मा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको यस फोनमा एन्ड्रोइड ५.० मा आधारित जियोनीको आफ्नै सफ्टवयेर अमिगो ३.० हुनेछ। यो मोबाइल १५ हजार ९ सय ९९ रुपैयामा पाइने कम्पनीले जनाएको छ। यसमा १६ जिबी इन्टरनल मेमोरी (कार्डको माध्यमबाट १२८ जिबी बनाउन सकिने) र २ जिबी र्याेम हुने कम्पनीले बताएको छ।

एफ १०३ मा थि्रडी सराउन्ड साउन्ड हुनेछ यस फोनमा चलचित्र हेर्न छुट्टै मजा आउने भन्दै कम्पनीले रियर क्यामेरा ८ मेगापिक्सलको रहेको जनाएको छ। फ्रन्ट क्यामेरा ५ मेगापिक्सलको रहेको यस फोनमा २४०० एमएएचको ब्याट्रीसहित एफ १०३ मा एक्स्ट्रिम मोडछ, जसले ५ प्रतिशत ब्याट्रीमा पनि फोनलाई १६ घन्टाको स्ट्यान्ड बाइ टाईम र १.३ घन्टाको टक टाईम प्रदान गर्नेछ।

प्रकाशित: १६ भाद्र २०७२ २२:४१ बुधबार