फेसबुकले आफ्नो ब्लगमा प्रयोगकर्तालाई थप सजिलो पार्ने गरी प्रोफाइलको रुप फेर्न लागेको बताएको छ। फेरिएको प्रोफाइलमा उनीहरु को हुन, कहाँ काम गर्छन, उनीहरुको जीवन दर्शन र उनीहरुको जीवनका महत्वपूर्ण व्यक्तिबारे समावेश हुनेछ। नयाँ मुहारमा आउँदा प्रोफाइलमा बढी भिजुअलले ठाउँ पाउनेछन्।
यसमा नयाँ बायोग्राफी सेक्सन थपिने छ जसमा तपाँई को हो के गर्नुहुन्छ भन्नेजस्ता कुरामात्र होइन किन सबैभन्दा पछिल्लो समय तपाँईलाई ट्याग गरिएको तस्बिरहरु समेत समावेश हुनेछ। अहिलेसम्म फेसबुकमा ट्याग गरिएका तस्बिर हेर्न ट्यावमा क्लिक गर्नुपर्ने प्रावधान छ। अव प्रयोगकर्ताले आफ्ना साथीहरुमध्ये महत्वपूर्ण रहेकाहरुको वर्गीकरण समेत गर्न पाउने छन्। अहिले त्यस्तो कुनै व्यवस्था छैन। त्यस्ता साथीहरुबारे थप जानकारी समेत यसमा समेट्न सकिनेछ।
रुप फेरिएपछि फेसबुक प्रयोगकर्ताको पूर्ण जानकारी दिने नेटवर्किङ साइट बन्ने छ। जसमा फेसबुक विज्ञपन समेत समावेश गर्न सकिने छ। कम्पनीले यसको गोपनियताको प्रावधानमा भने कुनै पनि फेरवदल गरेको छैन।
प्रकाशित: २० मंसिर २०६७ ०७:५९ सोमबार



