खेल

टी-२० विश्वकप: नेदरल्यान्ड्ससँग नामिबिया पराजित

आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत समूह 'ए' को हालै सम्पन्न खेलमा नामिबिया नेदरल्यान्डससँग ७ विकेटले पराजित भएको छ।

मगंलबार नामिबियाले दिएको १५७ रनको लक्ष्य पछाएको नेदरल्यान्ड्सले १८औँ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

नेदरल्यान्ड्सका लागि बास डे लीडे अर्धशतकीय पारी खेले। उनी ७२ रन बनाउँदै नटआउट रहे। ४८ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। नामिबियाका लागि जान निकोल लोफ्टी–इटन १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएकाे थियाे। नामिबियाका लागि जान निकोल लोफ्टी–इटनले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा २ छक्का र १ चौका प्रहार गरे।

नेदरल्यान्ड्सका लागि बास डे लीडेले २ विकेट लिए।

प्रकाशित: २७ माघ २०८२ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App