खेल

पिएम कपः कोशीमाथि लुम्बिनीको फराकिलो जित

पुरुष पिएम कप क्रिकेटमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि १४८ रनको प्रभावशाली जित निकालेको छ।  

जनकपुरमा भएको खेलमा २५० रनको लक्ष्य पछ्याएको कोशी ३१.४ ओभरमा मात्र १०१ रनमा अलआउट भयो। अंकित सुवेदीले सर्वाधिक ३० रन बनाएको कोशीको इनिङ्समा तीन ब्याट्सम्यान डक आउट भएका थिए। पाँच जनाले दोहोरो अंकको स्कोर गर्न सकेनन्।  

कोशीलाई सस्तैमा समेट्ने क्रममा सन्तोष यादवले ४, राजेन्द्र बमले ३, निर्मल गुरुङले २ र सन्देश थापाले एक विकेट लिए।  

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४९.३ ओभरमा अलआउट हुँदै २४९ रनको योगफल तयार पारेको थियो। क्याप्टेन देव खनालले ९२ रन बनाएको लुम्बिनीको इनिङ्समा सन्तोष यादवले ४८ र रन्जीत खड्काले ३५ रन बनाए।  

कोशीका लागि सुजन थपलियाले ४ विकेट लिए।  

पहिलो खेलमा अंक बाँडेको लुम्बिनीले पहिलो जितसँगै ३ अंक जोडेको छ। पराजित कोशीको एक अंक छ। 

प्रकाशित: ९ चैत्र २०८२ १६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App