खेल

एनपीएल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै काठमाण्डु

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ।

काठमाण्डुको यो पहिलो खेल हो। काठमाण्डु जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ। उता जनकपुर पहिलो जितको खोजीमा छ। उसले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पराजय व्यहोरेको थियो। आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुने तालिका छ। उक्त खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ।

विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो। सोमपाल कामी नेतृत्वको कर्णाली भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ। उसले पहिलो खेलमा पूर्वविजेता जनकपुरलाई १९ रनले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो। कर्णाली आज पनि सोही जित लय जारी राख्ने योजनामा छ।

एनपीएलमा आठ वटा टोली प्रतिस्पर्धामा छन्। प्रतियोगिता मङ्सिर ५ गतेसम्म जारी रहने छ। 

प्रकाशित: १२ कार्तिक २०८३ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App