खेल

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग एकदिवसीय खेल खेल्ने

नेपालविरुद्धको ५० ओभरको खेलका लागि न्युजिल्यान्ड ‘ए’ ले बलियो टोली घोषणा गरेको छ।

टोलीमा न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका १३ खेलाडी समावेश छन्। क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडेन लेनक्स र बेन लिस्टर पछिल्लो महिना वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा न्युजिल्यान्डको राष्ट्रिय टोलीमा थिए।

उक्त शृंखलामा जेडेन लेनक्स उत्कृष्ट खेलाडी बनेका थिए। नेपाल र न्युजिल्यान्ड ‘ए’ बीचको ५० ओभरको खेल सेप्टेम्बर ६ मा डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुनेछ। अन्तर्राष्ट्रिय अनुभवले भरिएको न्युजिल्यान्ड ‘ए’ विरुद्धको खेल नेपालका लागि आफ्नो क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर हुनेछ। टप एन्ड टी–२० प्रतियोगितापछि हुने यो खेलमा नेपाली टोलीले बलियो चुनौती सामना गर्नेछ।

प्रकाशित: २१ श्रावण २०८३ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App