मार्बलस र इनोभेटिभले बुधबार १४औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
मार्बलसले एसियन पब्लिकलाई ३३–३१ ले पराजित गर् यो। मार्बलसको जितमा रोशन कुशवाहले १० अंक योगदान गरे। फडिन्द्र सुनवारको ६ अंक सहयोगमा इनोभेटिभले सृजनशीललाई २१–१३ ले हरायो।
सिनियर ब्वाइजमै एभरेस्ट फ्लोरिडाले सुप्रिम इन्टरनेसनललाई ३८–१९, चैतन्यले स्पाङ्गललाई ३८–१६, सनसाइनले सुप्रिमलाई २२–१२ र हेम्सले सेवा सदनलाई ४९–२९ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। एभरेस्टका एलिस थापाले २८, चैतन्यका विप्लव भाटले ९, सनसाइनका विशाल खड्काले ९ र हेम्सका जोनस शाहले २१ स्कोर गरे।
जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले एसियन पब्लिकलाई २८–१६, स्पाङ्गलले चैतन्यलाई २१–१५, सनसाइनले अक्षरलाई २९–८ र काठमाडौं इङ्लिस स्कुल (केइएस) ले काठमाडौं जेभियर्स पब्लिक स्कुललाई ३०–१८ ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनाए।
एआइएका आदित्य बुढाले १४, स्पाङ्गलका विराज तिमल्सिनाले १३, सनसाइनका प्रशान्तले १३ र केइएसका विपुल भुजेलले १८ अंक जोडे। सिनियर गल्र्समा सनसाइनले एसियन पब्लिकलाई १५–१२ तथा लिभरपुलले चैतन्यलाई १७–१० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे। सनसाइनकी नीलिमा मगर र जस्तिना कार्कीले समान ४/४ तथा लिभरपुलकी भूमिका लिम्बूले १० अंक जोडे।
प्रकाशित: ११ मंसिर २०८२ १०:०१ बिहीबार



