खेल

फिफा विश्वकप : नकआउट चरण पुग्ने पहिलो टिम बन्यो मेक्सिको

सह-आयोजक टिम मेक्सिको विश्वकप २०२६ अन्तर्गतको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। 

ग्वाडालाहारास्थित एस्तादियो ग्वाडालाहारामा भएको खेलमा मेक्सिकोले शुक्रबार विश्वकप २०२६ को नकआउट चरण यात्रा निश्चित गरेको हो। समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेपछि मेक्सिको शीर्ष दुईमा रहेको छ।

यो जितले मेक्सिकोको दुई खेलबाट छ अंक भएको छ। पराजित दक्षिण कोरिया भने तीन अंकमा दोस्रो स्थानमा छ।

पहिलो हाफको गोलरहित बराबरीपछि खेलमा मेक्सिकोको लागि लुइस रोमोले ५० औं मिनेटमा निर्णायक गोल गरे।

दोस्रो हाफ सुरु भएलगत्तै लुइस रोमोले पहिलो गोल गर्दा मेक्सिकोले अग्रता लिएको थियो। त्यसपछि दक्षिण कोरियाले खेललाई बराबरीमा ल्याउने धेरै प्रयास गरे पनि सफल हुन सकेन। खेलको ५० औँ मिनेटमा रोमोले गरेको गोल नै निर्णायक बन्यो।

प्रकाशित: ५ असार २०८३ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App