खेल

फिफा विश्वकप : इङ्गल्याण्ड र मेक्सिकोबिच कडा प्रतिस्पर्धा, ३-२ गोलको अन्तर

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को सोमबार मेक्सिको र इङ्गल्याण्डबिच प्रतिस्पर्धात्मक खेल भइरहेको छ। 

आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेको इङ्गल्याण्डलाई मेक्सिकोले पछ्याइरहेको छ। मेक्सिको सिटी रंगशालामा जारी खेलको ६९औं मिनेटमा राउल जिमेनेजले पेनाल्टी सुटआउटमार्फत गोल गर्दै मेक्सिकोले इङ्गल्याण्डलाई पछ्याइरहेको हो। इङ्गल्याण्ड मेक्सिकोविरुद्ध ३-२ गोल अन्तरले अगाडि छ।

यसअघि, पहिलो हाफ अगाडि नै मेक्सिकोविरुद्ध २-१ गोलले अग्रता बनाएको इङ्गल्याण्डले थप गोल गरेको थियो। खेलको ६०औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दा इङ्गल्याण्डले ३-१ को अग्रता बनाएको थियो।

यस्तै, खेलको ३६औं मिनेटमा यहूदा बेलिङ्घमले गोल गरेर इङ्गल्याण्डलाई पहिलो अग्रता दिलाएका थिए। यस्तै, खेलको ३८औं मिनेटमा बेलिङ्घमले नै गोल गरेर इङ्गल्याण्डको अग्रतालाई दोब्बर बनाएका थिए।

त्यसपछि, मेक्सिकोका जुलियन क्विनोनेसले खेलको ४२औं मिनेटमा गोल गरेका थिए। सोपछि मेक्सिकोले कुनै गोल गर्न सकेको छैन।  

यस्तै, खेलको ५४औंमिनेटमा इङ्गल्याण्डका जारेल क्वान्साहलाई रेड कार्ड देखाइएको छ। यो सँगै उनी मैदान बाहिर रहेका छन्।

प्रकाशित: २२ असार २०८३ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App