खेल

क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप–२०२६ मा सहआयोजक क्यानडाले फराकिलो जित निकालेको छ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो।

क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पायो।

खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए। त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा दोस्रो गोल गरे।

३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सिमित छ। पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए।

५१औं मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित रह्यो। जसकाे फाइदा क्यानडाले उठायाे। ६४औं मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४ गोलको अग्रतामा पुर्‍याए।

खेलको ७५औं मिनेटमा कतारका मोहम्मद मनाई आत्मघाती गोल गर्दा क्यानडाको अग्रता ५–० मा पुग्यो। दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को फराकिलो जित दर्ता गर्‍यो।

यो विश्वकप इतिहासमा क्यानडाको पहिलो जित निकालेको हो। यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन।

प्रकाशित: ५ असार २०८३ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App