बंगालदेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा पाकिस्तानलाई २-० ले हराउँदै बंगालादेश फाइनलमा प्रवेश गरेको हो।
बंगालदेशले खेलको सुरुवातमै गोल गर्यो। बंगालदेशका नाज्मुल हुडा फैसलले खेलको तीन मिनेटमै गोल गर्दै बंगालदेशलाई अग्राता दिलाए। पहिलो गोल गरेको एक मिनेट नबित्दै मोहम्मद ओपु रहमानले गोल गरे।
बगांलदेशले अब नेपाल वा भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नछ। नेपाल र भारतबीचको खेल आजै राति ७:४५ बजे हुनेछ।
प्रकाशित: ९ आश्विन २०८२ १८:१४ बिहीबार