एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।
भारतका विष्फोटक ब्याट्सम्यानको पहिचान बनाएका वैभव सूर्यवंशी २६ रनमा बोल्ड भएका छन् । पवन सर्राफले ११औं ओभरको तेस्रो बलमा उनलाई २६ रनमा बोल्ड गराएका हुन्।
भारत ए विरुद्ध नेपालले कसिलो बलिङ प्रदर्शन गरेको छ। दोहामा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको भारत एले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४२ रन बनाएको छ।
प्रकाशित: ४ मंसिर २०८३ १६:३९ शुक्रबार



