खेल

आईपीएल : प्लेअफको दौडमा रहेका मुम्बई र दिल्ली भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । वाङखडेमा हुने खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।  

मुम्बई १४ अंकमा चौथो र दिल्ली १३ अंकमा पाँचौ स्थानमा छ । दिल्लीविरुद्ध जित निकाल्न सके मुम्बई इन्डियन्सले एक खेल अगावै प्लेअफमा स्थान बनाउनेछ । दिल्लीको जितले भने दुवैको सम्भावना कायमै राख्नेछ ।

मुम्बई र दिल्लीले आफ्नो अन्तिम खेलमा पञ्जाव किङ्ससँग प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा पराजित भए मुम्बईले पञ्जावविरुद्धको खेलमा जितमात्र हैन दिल्ली पञ्जावसँग पराजित पनि हुनु पर्नेछ । पञ्जावविरुद्ध पनि जित निकाल्न सके दिल्लीले प्लेअफमा स्थान पक्का गर्नेछ ।  

पछिल्ला ८ खेलमा मात्र २ मा जित निकाल्न सकेको दिल्ली लयमा फर्कन संघर्षरत छ । पछिल्ला ८ खेलमा एकमा मात्र पराजित मुम्बई भने सोही लय समाउँदै प्लेआफको टिकट काट्ने योजनामा हुनेछ ।  

मुम्बई हार्दिक पाण्डेय र दिल्ली अक्षर पटेलको कमानीमा मैदान उत्रनेछन् । 

प्रकाशित: ७ जेष्ठ २०८२ १५:५७ बुधबार

#IPL2025 #NagarikNews