नेपाल प्रिमियर लिगको सोमबार (आज) हुने खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा नौ बजेदेखि खेल सुरु हुनेछ।
आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ। यसअघि जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन्। प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टुंगो लाग्नमात्र बाँकी छ।
सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा रहँदा आठ अंक जोडेको कर्णाली याक्स चौथो स्थानमा रहेको छ।प्लेअफ पुग्नका लागि कर्णालीले आजको खेल जित्नैपर्छ।
प्रकाशित: १ पुस २०८१ ०७:३४ सोमबार

-600x400.jpg)

