खेल

कास्कीले जित्यो उपाधि

कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ। पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो। उपाधि विजेता कास्कीले ५० हजार प्राप्त गर्दा तनहुँले ४० हजार रूपैयाँ चित्त बुझायो।

प्रतियोगिताको सेमिफाइनलमा तनहुँले बगलुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गरेको थियो। कास्कीले फाइनल प्रवेश गर्दा म्याग्दीलाई ४१–२८ ले पाखा लगायो।

प्रतियोगितामा तृतीय हुने दुई टिम म्याग्दी र बागलुङले समान ३०–३० हजार रूपैयाँ प्राप्त गरे। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा नौ जिल्लाको सहभागिता रहेको थियो। 

प्रकाशित: १४ असार २०८१ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App