खेल

यू–१९ विश्वकपः अफगानिस्तानसँगै भिड्दै नेपाल, सुपर सिक्समा पुग्ने लक्ष्य

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ। समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा स्थान बनाउन चाहन्छ।  

नेपाल र अफगानिस्तानबीचको खेल दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा हुनेछ। खेला नेपाली समय अनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ।

यसअघिका २ खेलमा लगातार पराजित भएको नेपालले आज जित हात पारेन भने उसको यात्रा कठिन हुनेछ।  

अफगानिस्तान पनि आफ्ना अघिल्ला दुबै खेलमा पराजित भएको छ। समूह ‘डी’ मा रहेको दुबै टोली अङ्कबिहीन छन्।  

विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ।

प्रकाशित: १२ माघ २०८० ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App