मकवानपुरको भीमफेदीस्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा बागमती खोलाले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले हुलिया सार्वजनिक गर्दै सनाखतका लागि आफन्तलाई सम्पर्कमा आउन अपिल गरेको छ।
भीमफेदी गाउँपालिका–८ इपास्थित हाइड्रोपावरको जालीमा शनिबार बिहान करिब ७:३० बजे अन्दाजी ३५/४० वर्ष उमेरकी महिलाको शव फेला परेको हो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक तथा सोको सहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थल तथा शव जाँच मुचुल्का सम्पन्न गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा राखेको छ।
प्रकाशित: ७ भाद्र २०८३ १८:४५ आइतबार



