समाज

भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको दुई बोरा पटका बरामद

झापा गाउँपालिका–२ कुवाडीस्थितबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको दुई बोरा पटका बरामद गरिएको छ।

आज बिहान ४:३५ बजेतिर इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा तथा सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघन डुब्बाबाट सशस्त्र प्रहरी हवल्दारको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीलाई देख्नेबित्तिकै सामान बोकेका व्यक्ति बोरा छाडी फरार भएका थिए।

उक्त बोराहरू जाँच्दा दुई बोरामा विभिन्न किसिमका पटका फेला परेका हुन्। बरामद भएका पटका झन्डै एक लाख रुपैयाँ बराबरको रहेको र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App