समाज

वीरगन्ज कारागारमा तनाव, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारमा तनाव बढेको छ।

कारागारभित्र रहेको कैदीहरू भाग्न खोजेको कारणले तनाव भएको हो। कैदीबन्दीहरू बाहिर भाग्न खोजेको र सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर जान नदिएपछि झडपको स्थिति आएको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले बताएका छ्न्। कैदीबन्दीहरूलाई कारागारमै रोकी राख्नको लागि सुरक्षाकर्मीहरूले अश्रुग्यास र हवाई फायर गर्न बाध्य भएको मिश्रले बताए।

कैदीहरू उग्र बनेपछि भित्र पस्ने स्थिति नरहेको उनले बताए। सुरक्षाकर्मीहरूले चलाएको गोली कैदीहरूलाई लागेको सामाजिक संजालमा भाइरल गरिए पनि प्रहरी उपरीक्षक मिश्रले कुनै पनि कैदीबन्दीलाई गोली नलागेको दाबी गरेका छ्न्।

प्रकाशित: २५ भाद्र २०८२ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App