समाज

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ।

उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान फेला पारेको हो। गत मङ्गलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सुमित्रासहित चार जना बालिका खहरेमा बगेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार खहरेमा बगेका तीन जना बालिकाको ज्यान गएको छ। एक बालिका भने बाढीले किनारतर्फ बगाउँदा बच्न सफल भएकी छिन्।

प्रकाशित: ५ भाद्र २०८३ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App