समाज

विद्यार्थीले बाढीपीडितका लागि राहत संकलन गरे

रसुवामा भदौ १० गते आएको बाढीबाट प्रभावित बालबालिका तथा स्थानीयका लागि सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीले करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरेका छन्। 

बाढीपीडितको सहयोगका लागि विद्यार्थीहरूले लत्ताकपडासहित खाद्य सामग्री तथा आवश्यक सामग्री संकलन गरेका हुन्। बाढीका कारण प्रभावित भएका बालबालिका तथा स्थानीयको लागि विद्यार्थीहरूले राहत सामग्री जुटाएका हुन्। 

संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ। विद्यार्थीहरूले विपद्को समयमा पीडित सहयोग गर्नु सामाजिक दायित्व भएकाले आफूहरू राहत संकलन गरेको बताएका छन्। 

प्रकाशित: १७ भाद्र २०८३ १७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App