समाज

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

शंकर समूहका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार साँझ पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण विभागमा बयानपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

यसअघि बिहीबार व्यवसायी दीपक भट्ट पनि पक्राउ परेका थिए। जानकारी अनुसार उनीहरूमाथि पब्लिक लिमिटेड कम्पनीको स्रोत दुरुपयोग गरी सेयर बजार, बिमा र जलविद्युत् क्षेत्रमा प्रभाव विस्तार गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ।

प्रकाशित: २० चैत्र २०८२ २३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App