समाज

ताप्लेजुङको फावाखोलामा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा आइतबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

फुङलिङ नगरपालिकाका पूर्वउपप्रमुख बमबहादुर भट्टराईका अनुसार मृत्यु हुनेमा सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचास्थित सरस्वती माविकी शिक्षिका भावना विक रहेकी छन्। पूर्वउपप्रमुख भट्टराईका अनुसार बिहान फुङलिङबाट सिकैचातर्फ हिँडेको सवारी फावाखोलाको साविक वडा नं ६ बनपाला भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी सवारी चालक फावाखोलाका सबिन बिष्ट घाइते भएका छन्। सवारी सडकबाट करिब एक सय मिटर तल झरेको भट्टराईले जानकारी दिए। सवारीमा रहेका मानिसहरू क्रमशः आ-आफ्नो गन्तव्यमा झर्दै सवारीमा विक मात्र रहेको पूर्वउपप्रमुख भट्टराईले बताए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले घटनाको जानकारी आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको र विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए।

प्रकाशित: ११ श्रावण २०८२ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App