अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले विपद्को घडीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरुले १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताए।
उनका अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीले दश दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ।
त्यस्तै, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले सात दिन बराबरको तलब कोषमा जम्मा गर्नेछन्।
राजपत्राअङ्कित प्रथम, द्वितीय र अन्य श्रेणीका कर्मचारीहरुले पाँच दिनको र श्रेणीविहीन कर्मचारीहरुले दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १८:०६ बिहीबार



