समाज

रसुवा बाढी : ११४ जनाको हवाई उद्धार

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।

नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४ जना, त्रिशूली–काठमाडौंमा ३जनाको उद्धार गरेको छ।

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन्।

साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा ५ जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन्।

प्रकाशित: १० भाद्र २०८३ १८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App