समाज

रसुवा बाढी : एक हजार २८७ जनाको मृत्यु, १३ हजार बढीको उद्धार

रसुवा बाढीमा परेका एक हजार २८७ जनाको शव फेला पारिएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँच हजार ८५ जना सम्पर्कविहीन भएका छन्। चितवनमा सबैभन्दा धेरै ३५९, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ शव फेला परेका छन्। हालसम्म ९६ शवको सनाखत भएको छ।

बाढी प्रभावित क्षेत्रमा २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन भएका छन्। शुक्रबार त्रिशुली-३ ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवित उद्धार गरिएको छ। योसँगै कुल १३ हजार ९३ जनाको उद्धार गरिएको प्राधिकरणले जानकारी दिएको छ।

नेपाली सेनाले चार हजार १५५, नेपाल प्रहरीले चार हजार ६८ र सशस्त्र प्रहरीले चार हजार ८७० जनाको उद्धार गरेका छन्। उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०३ पुगेको छ।

हाल चार हजार ५२१ जना होल्डिङ सेन्टरमा छन्। तीमध्ये नुवाकोटमा तीन हजार १८१, रसुवामा एक हजार १४१ र धादिङमा १९९ जना छन्।

नेपाल सरकार
गृह मन्त्रालय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट-२०८३
(मिति : २०८३ भदौ १९ गते, मध्यान्ह १२:३० बजेसम्मको अध्यावधिक विवरण)
भदौ १९ गते त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरूङ्गबाट २ जनाको जिवित उद्धार गरिएको छ ।
मानवीय क्षति: १,२८७
शव फेला परेका स्थान
• रसुवा : १४०
• नुवाकोट : १८४
• धादिङ : ६३
• गोरखा : ७२
• तनहुँ : ३८
• नवलपरासी पूर्व : २१९
• नवलपरासी पश्चिम : २१२
• चितवन: ३५९
(विभिन्न मानव अंगसहित)
हालसम्म सनाखत भई बुझिलिएको शवको संख्या : ९६
सम्पर्कविहीन: करिब ५,०८३
• रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्म अध्यावधिक भएका: करिब २१३० जना
• नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्म अध्यावधिक भएका: करिब २३४० जना
• विदेशी नागरिक: ५८३ जना
हालसम्म उपचार गरिएका घाइतेको संख्या : ५,३९७
• विभिन्न अस्पतालमा उपचार भएको संख्या: ३०४
• नेपाली सेनाबाट स्वास्थ्य उपचार भएको संख्या: ३,२१९
• सशस्त्र प्रहरीबाट स्वास्थ्य उपचार भएको संख्या: १,८७४
हालसम्म उद्धार गरिएकाहरूको संख्या: १३,०१३
• हालसम्म नेपाली सेनाद्वारा, उद्धार: ४,१५५
(हवाइ उद्धार विदेशी २७३ जना, नेपाली ३,६८२ जना तथा, स्थलगत उद्धार २०० जना)
• हालसम्म नेपाल प्रहरीद्वारा उद्धार: ४,०६८
• हालसम्म सशस्त्र प्रहरी बल संयुक्त उद्धार: ४,७९०
• हालसम्म नेपाली सेनाद्वारा हवाइ उडान: ८३० पटक (आज ४५ उडान)
• हालसम्म काठमाडौंबाट निजी क्षेत्रमार्फत भएका उडान: १२९ पटक
• हालसम्म उद्धार गरिएका विदेशी नागरिक: ३०३
सुरक्षाकर्मी परिचालन: २१,४२१
• नेपाल प्रहरी: ७,९३१ जना
• नेपाली सेना: ९,२८७ जना
• सशस्त्र प्रहरी बल, नेपाल: ४,२०३ जना
हाल होल्डिङ सेन्टरमा रहेका: ४,५२१
• नुवाकोट: ३,१८१
• धादिङ: १९९
• रसुवा: १,१४१
राहत सामग्री
• हालसम्म काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरो मार्फत प्रभावित क्षेत्रमा खाद्य र गैरखाद्य सामग्री र हेलिकप्टरबाट ९ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको ।
• हालसम्म सशस्त्र प्रहरीद्वारा नुवाकोट र रसुवा जिल्ला भित्र १६३ हवाईउडान मार्फत राहत सामग्री ढुवानी गरिएको ।
भौतिक क्षतिको प्रारम्भिक आंकलन
• निजी घरहरू: कूल ७५७०
• सरकारी संरचना: कूल ४८ (३५ पूर्ण क्षति, १३ आंशिक क्षति)
• विद्यालय: कूल १८ (११ पूर्ण क्षति, ७ आंशिक क्षति)
• स्वास्थ्य संस्था: कूल ७ (४ पूर्ण क्षति, ३ आंशिक क्षति)
• सडक: ५५ किलोमिटर पूर्ण क्षति
• पुल: कूल मोटरेवल ३७ वटा (३३ पूर्णक्षति) र ६८ वटा झोलुङ्गे पुल
सञ्चार
प्रभावित क्षेत्रमा सञ्चारको अवस्था
• नेपाल टेलिकमका कूल १२० टावर मध्ये ११६ सञ्चालनमा आएको।
• एनसेलका कूल ७८ टावर मध्ये ७५ टावर सञ्चालनमा आएको ।
नेपाल सरकारबाट नगद राहत
• रसुवा जिल्ला: १ करोड
• नुवाकोट जिल्ला: १ करोड
• धादिङ जिल्ला: ५० लाख
• प्रभावित १५ पालिका: १३ करोड ५० लाख
आर्थिक क्षतिको प्रारम्भिक आंकलन
• कुल आर्थिक क्षति तथा नोक्सानी रू ३ खर्ब ८७ अर्ब ५४ करोड
• शीघ्र पुर्नलाभ (Early Recovery) को लागि आवश्यक पर्ने रकम रू ७ अर्ब १५ करोड
• सम्पर्कविहीन विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका नेपाली, उपचाररत व्यक्तिहरू र उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको फेसबुक पेज र वेवसाइटमा हेर्न सकिन्छ ।
• माथि सम्पर्कविहीनको उल्लिखित संख्यामा पहिचान नभएका शवहरू पनि समावेश भएको हुनसक्ने ।

प्रकाशित: १९ भाद्र २०८३ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App